१ सय १२ किलो गाँजा बरामद

Prabhu Bank

काठमाडौं। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय १२ किलो ५८ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

Saftey Pads

प्रहरीले मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ६ का २० वर्षीय भिमसेन मोक्तान र सोही स्थानका २६ वर्षीय रोशन लामालाई गाँजा ओसारपसारमा संलग्न भएकै बेला नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरु बा५ख १८२५ नं को मिनी ट्रकमार्फत गाँजा ओसारपसार गर्ने क्रममा पक्राउ परेका हुन्। जिल्लाको थाहा नगरपालिकाबाट वीरगञ्जतर्फ जाँदै गरेको उक्त मिनी ट्रक जाँच गर्ने क्रममा गाँजा भेटिएको थियो।

गाँजा ट्रकको चालक बस्ने सिटमुनि फल्सबटम बनाई लुकाइएको प्रहरीले जनाएको छ। ८ वटा प्लास्टिकको पोकामा गाँजा प्याक गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  दार्चुलाको होटलमा प्रहरी मृत भेटिए
Maruti Cement