जम्मू–कश्मीर मुद्दा राष्ट्रसङ्घ सुरक्षा परिषद्मा छलफल हुनुपर्छ: चीन

Prabhu Bank

काठमाडौं। पाकिस्तानले जम्मू–कश्मीर मुद्दालाई लिएर सुरक्षा परिषद्मा पठाएको पत्रबारे चीनले प्रतिक्रिया जनाएको छ।

Saftey Pads

केही दिनअघि पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले न्युयोर्कस्थित सुरक्षा परिषद् मुख्यालयलाई पत्र पठाएका थिए।

उक्त पत्रमा भारतले उसको संविधानको धारा ३७० हटाउँदै कश्मीरको विशेष राज्य अधिकार एवं त्यहाँको जनताको अधिकार खोसेको आरोप लगाएको छ।

पाकिस्तान मुस्लिम देश हो। भारत प्रशासित जम्मू–कश्मीर पनि मुस्लिम बहुल क्षेत्र हो। भारतको कदमलाई पाकिस्तानले त्यहाँका मुस्लिम विस्थापित गर्ने योजनाको रुपमा हेरेको छ।

पाकिस्तानले भारतविरुद्ध विश्वले आवाज उठाउनु पर्ने अपिल गरिरहेको छ। तर, राष्ट्रसङ्घमा पत्र पुगे पनि अहिलेससम्म यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।

यसबीचमा चीनले अनौपचारिक परामर्श हुनुपर्ने माग गरेको हो। उसले जम्मू–कश्मीर विवाद राष्ट्रसङ्घ सुरक्षा परिषद्मा छलफल हुनैपर्ने समेत बताएको छ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यमा ६ वटा देश छन्। चीन, फ्रान्स, रसिया, ब्रिटेन तथा अमेरिका स्थायी सदस्य रहेको काउन्सिलमा १० वटा अस्थायी सदस्य मुलुकहरू समेत रहेका छन्।

Maruti Cement