वडाध्यक्षमाथि दुर्व्यवहार

Prabhu Bank

काठमाडौं। म्याग्दीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाइदिएर दुर्व्यवहार गरिएको छ।

Saftey Pads

बिहीबार बिहान कार्यालयमा काम गरिरहेको समयमा एक अज्ञात समूह कार्यालयमा छिरेर मोसो तथा चप्पलको माला लगाइदिएर दुर्व्यवहार गरेका हुन्।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूह हुन सक्ने आशंका प्रहरीले गरेको छ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement