२३० यात्रु बोकेको विमान मकै बारीमा अवतरण(भिडियो)

Prabhu Bank

काठमाडौं। रुसको राजधानी मस्कोमा बिहीबार २ सय ३० भन्दा बढी यात्रु बोकेको विमान आकस्मिक मकै बारीमा अवतरण भयो।

Saftey Pads

उडेको केही बरेमै चरासँग ठोकिएपछि असन्तुलित बनेको उक्त विमानलाई चालकले तत्काल मकै बारीमा सफल अवतरण गर्न सफल रहे।

सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट उडेको थियो। जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ।

मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले बताएका छन्।

हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका छन्।

भिडियो हेर्नुहोस्:

अन्य सम्बन्धित समाचार:  बेलायतमा कोरोना भाइरसको दोस्रो 'वेभ' आएको प्रधानमन्त्रीको भनाई
Maruti Cement