चीनमा नेपालका बारेमा लेखिएको पुस्तक विमोचन

Prabhu Bank

काठमाडौं।चीनमा नेपालका बारेमा लेखिएको पुस्तक ‘द टेम्परमेन्ट अफ नेपाल’ विमोचन गरिएको छ।

Saftey Pads

चिनियाँ प्राध्यापक हु यूँ र उनका विद्यार्थीहरुले लेखेका ‘द टेम्परमेन्ट अफ नेपाल’ नामक पुस्तक बिहीबार बेइजिङस्थित नेपाली दूतावासमा विमोचन गरिएको हो।

चिनियाँ भाषामा तयार पारिएको उक्त पुस्तकमा नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदालाई समेटिएको छ। पुस्तक सिङह्वा विश्वविद्यालयका प्राध्यापक हु र उनका विद्यार्थीहरु वान निङनिङ, शिन क्युन्यी र झाङ जिनबाओले ले तयार पारेका हुन्।

विमोचन समारोहमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले लेखकहरुको प्रयासको प्रशंसा गरेका थिए। साथै उनले नेपालका सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरतालाई चिनियाँ जनता माझ पुर्याएकोमा धन्यवाद समेत दिए।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेको टोली दिल्ली लगातार विजयी
Maruti Cement