अभिनेत्री विद्याको निधन

Prabhu Bank

काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको छ।

Saftey Pads

फोक्सो र मुटुको समस्याबाट पीडित सिन्हाको केही दिनदेखि मुम्बईको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भएको भारतीय पोर्टल द इन्डियन एक्स्प्रेसले जनाएको छ।

सिन्हा ७०–८० को दशककी चर्चित अभिनेत्री हुन्। उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी औ वो’, ‘मुक्ति’ लगायतका फिल्म चर्चित मानिन्छन्।

दुईवटा विवाह गरेकी उनी पछिल्लो समय एक्लै थिइन्।

अन्य सम्बन्धित समाचार:  डोनाल्ड ट्रम्पले भने, चुनावमा हारे पनि चुपचाप हट्दिँन
Maruti Cement