पत्रकार रवि लामिछाने पक्राउ

Prabhu Bank

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउ परेका छन्।

Saftey Pads

लामिछानेलाई बिहीबार साँझ न्यूज 24 को कार्यालयबाट प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो।

पुडासैनीको मोबाइल परीक्षणपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेका भनिएको भिडियोमा पत्रकार लामिछानेकै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए।

चितवन जिल्ला अदालतको पक्राउ पूर्जी सहित पुगेको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। लामिछानेसहित उनकै टिमका पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको छ।

उनीहरूलाई चितवन लगिँदै गरिएको प्रहरीले जनाएको छ। लामिछानेलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ। नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको भदौ १ देखि लागू भएको नयाँ अपराध संहिताले समेटेको छ।

अन्य सम्बन्धित समाचार:  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक

यस्तै, पुडासैनीसँग सङ्गत भएकी भनिएकी अस्मिता (रुकु) कार्कीलाई समेत प्रहरीले आजै पक्राउ गरेको थियो। सामान्यतः फौजदारी आरोपमा पक्राउ गरिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिई न्यायिक हिरासतमा राखिसक्नुपर्छ।

प्रहरीले विद्यमान कानुनअनुसार लामिछानेलाई २५ दिनसम्मको न्यायिक हिरासतमा राखी सरकारी वकिल मार्फत् मुद्दा अभियोजन गर्नुपर्ने हुन्छ।

 

Maruti Cement