छुवाछुत हटाउने सहभोज खाएपछि वृद्ध परे सामाजिक बहिष्कारमा

Prabhu Bank

काठमाण्डौ । खोटाङमा उपल्लो जातका भनिएका एक वृद्ध आफन्त र छरछिमेकको अघोषित बहिस्कारमा परेका छन्।

Saftey Pads

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ७६ वर्षीय वृद्ध टंकप्रसाद आचार्यले दिक्तेल बजारमा आयोजित सहभोज कार्यक्रममा सहभागी भएर दलितले दिएको दही खाएको भन्दै उनलाई छरछिमेक र आफन्तले बहिष्कार गरेका हुन्।

आचार्यले आफू अन्यायमा परेको भन्दै बुधबार न्यायको लागि प्रदेश १ को प्रदेशसभा सचिवालयमा आफ्नो पुगेका छन्।

वृद्ध आचार्यलाई सरकारका विभिन्न निकायले छुवाछुतविरुद्धको सहभोजमा सहभागी भएको भन्दै सरकारी तहबाट सम्मान गरिए पनि छरछिमेक र आफन्तबाट भने अपमानित हुनु परेको छ। जसका कारण उनी न्यायको याचना गदै विराटनगर पुगेका हुन्।

उनले जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको सहभोजमा आफू सहभागी भएको कारण देखाउँदै छिमेकी दाजुभाईले आफूलाई बहिष्कार गरेको भन्दै आफ्नो पीडा सुनाएका छन्।

गत जेठ १८ गते जिल्ला समन्वय समितिको आयोजनामा दिक्तेल नगरपालिकाको १ नम्बर वडाको डाँडाखर्कमा सहभोज आयोजना गरिएको थियो। उक्त सहभोजमा ७६ वर्षीय वृद्धा टंकप्रसाद आचार्य पनि सहभागी भए।

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

उनलाई दलित एक बालिकाले दही खान दिएकी थिइन्। आचार्यले त्यसलाई स्वीकार गरेर भोजमा सहभागी बने। तर सोही दिनदेखि वृद्ध आचार्यलाई दाजुभाई र समाजले अघोषित बहिष्कार गरेको उनको भनाइ छ।

आफूले कुनै पनि धर्म ग्रन्थमा जातजातिबीच भेदभाव गर्नुपर्छ भन्ने नभेट्टाएको र शास्त्रले त्यस्तो पनि नभनेको बताउँदै आर्चायले भने, ‘समाजले बहिष्कार गरेपछि आफ्नो बाँच्ने आधार सकिएको छ, सहभोजमा सहभागी हुँदा मैले गल्ती गरेको हो भने मलाई फाँसीको सजय दिनुपर्छ नत्र मलाई न्याय चाहियो।’

दुई छोरा र तीन छोरीका बाबु उनी गाउँका सामाजिक कार्यकर्ता हुन्। तर दलितले छोएको निहँुमा बहिष्कारमा परेपछि न्याय माग्दै १ नम्बर प्रदेश सरकारको शरणमा आफू पुगेकोे आचार्यको भनाइ छ। उनी अहिले खोटाङ्गबाट बिस्थापित भई मोरङ बेलकारीमा रहेको छोराको घरमा बस्दै आएको बताए।

प्रदेश संसदमा कुरा उठ्यो
खोटाङका सांसद राजन राईले वृद्ध आचार्यलाई अघोषित बहिष्कार र नाकाबन्दी गरिएको भन्दै कारबाहीको माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: कोईली खोलामा बेपत्तामध्ये एक जनाको शव फेला

प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेश सांसद राईले सरकारका विभिन्न निकायले छुवाछुत विरुद्धको सहभोजमा सहभागी भएको भन्दै वृद्ध आचार्यलाई अघोषित रुपमा बहिष्कार गर्नेलाई निरुत्साहित पार्न कानूनी कारवाही गर्न सरकारको ध्यानकर्षण गराएका छन्।

जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कसैले पनि जातीय छुवाछुत गरेमा ३ वर्षसम्म कैद, पीडितलाई १ लाख रुपैयाँसम्म क्षतिपूर्ति र २५ हजार जरिमाना गर्ने व्यवस्था छ। यस्तै सोही ऐन अनुसार सरकारी कर्मचारी भए सजायको दोब्बर हुने व्यवस्था छ।

ऐन अनुसार सामाजिक बहिष्कार गर्नु, जात हटक गर्नु, जातीय गाली गर्नु सबै छुवाछुत कसुरमा पर्दछ । उक्त ऐन लागू भइसके पनि समाजमा यस खालका घटना अझै हुने गरेको यो प्रतिनिधि घटना हो।

सरकारका विभिन्न निकायले छुवाछुत विरुद्धको सहभोजमा सहभागी भएको भन्दै वृद्धा आचार्यलाई पटक–पटक सम्मान पनि गरेको छ। तर, समाजका आफ्ना छिमेकीबाटै हुने यसखालको बहिष्कारलाई निरुत्साहित गर्न कानूनको उच्चतम् प्रयोग आवश्यक देखिएको छ।

Maruti Cement