घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

Prabhu Bank

काठमाडौं । पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल ६५ हजार घुस रकमसहित पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको हो।

शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement