रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुद्धारा नाराबाजी

Prabhu Bank

काठमाडौँ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले नाराबाजी थालेका छन्।

Saftey Pads

रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि नाराबाजी गरिरहेका हुन्।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।

चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको बताए। उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए।

अन्य सम्बन्धित समाचार:  फेरि घट्यो सुनको भाउ
Maruti Cement