नेकपाका प्रमुख सचेतक ढकालको घरमा बम बिष्फोट

Prabhu Bank

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम बिष्फोट भएको छ।

Saftey Pads

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले गएराती तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनी चढ्ने लु१प ४५६ नम्बरको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको हो।

राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए।

नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन्।

सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  नेकपाले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने

अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए।

Maruti Cement