लागूऔषध गाँजासहित तीन जना पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–११, दूधेबाटे १२ किलो गाँजासहित तीन जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवरलाई नियन्त्रणमा लिएको हो।

दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ।

अन्य सम्बन्धित समाचार:  भारतसँगको सीमानाका बन्द हुँदा चोरबाटोको प्रयोग