म अहिले होइन, १५ वर्षअघि बिरामी थिएँः प्रधानमन्त्री

Prabhu Bank

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको बताएका छन्।

Saftey Pads

शुक्रबार बिहान उनलाई भेट्न बालुवाटार पुगेका गृह जिल्ला झापाका जनप्रतिनिधि र नेतारकार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको तर अहिले एकदम ठीक रहेको बताउका हुन्।

’म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला। म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन। हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए,’ ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीटरमा लेखेका छन्।

यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किएका थिए।

त्यसपछिको दौडधुपले उनलाई बिहीबार ज्वरो आएको थियो। प्रधानमन्त्रीलाई ज्वरो आएपछि हिजो नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन।

अन्य सम्बन्धित समाचार:  देशभर लगातार तीन दिन वर्षा हुने
Maruti Cement