भौतिक पूर्वाधारमन्त्री खत्री पदमुक्त

Prabhu Bank

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन्।

Saftey Pads

उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ। उनलाई पक्राउ गरेपछि उनी पदमुक्त भएका हुन्।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश दिएको छ।

मन्त्री खत्रीसहित पाँचजनाले कृषि विकास बैंक भोजपुरको एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र तयार गरी जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको आरोप छ।

नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए।

Maruti Cement