सप्तकोसीले बगाएर बालकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सप्तकोसी नदीले बगाएर सुनसरीमा एक बालकको मृत्यु भएको छ।

Saftey Pads

बराहक्षेत्र नगरपालिका ६ का ११ वर्षीय बालक मेदिम राईको शुक्रबार दिउँसो सप्तकोसी नदीले बगाएर मृत्यु भएको हो।
मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा बालकलाई नदीले बगाएको थियो।

घटनास्थलदेखि करिब ८०० मिटर तल नदीले बालकलाई बगाउँदै गरेको देखेर सो स्थानमा माछा मार्ने व्यक्तिहरूले उद्धार गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Maruti Cement