नेकपाले कार्यविभाजन टुंग्यायोे, स्कुल विभागको जिम्मेवारीमा ईश्वर पोखरेल

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विभाग गठनमा देखिएको विवाद अन्त्य गरेको छ।

Saftey Pads

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो।

बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ भने प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement