पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

Prabhu Bank

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने ५ दिन थुनामा रहने भएका छन्।

Saftey Pads

जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत र्पुयाएको थियो।

उनीसँगै युवराज कँडेल र अस्मिता कार्की पनि ५ दिन थुनामा रहने भएका छन्। चितवनको नारायणढस्थित एक होटेलमा पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो

रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुद्धारा नाराबाजी

पत्रकार रवि लामिछाने पक्राउ

अन्य सम्बन्धित समाचार:  Don’t Quit
Maruti Cement