जबरजस्ती करणीका आरोपी थुनाबाटै फरार

Prabhu Bank

काठमाण्डौ । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका एक जना व्यक्ति फरार भएका छन्।

Saftey Pads

सिरहाका २० वर्षीय राममनी यादवलाई शुक्रबार दिउँसो आरोपीलाई बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको समय मौका छोपी फरार भएका हुन्।

जबरजस्ती करणी अभियोगमा पक्राउ परेको यादवलाई अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको थियो।

प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएको यादव मौका छोपी फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।

फरार भएको यादवको खोजी कार्य तीव्र गरिएको प्रहरी उपरिक्षक खनाल जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: जंगली बँदेलको मासु सहित २ जना पक्राउ
Maruti Cement