हिन्दुराष्ट्र र राजसंस्थाको पुर्नस्थापना गर्छौंः कमल थापा

Prabhu Bank

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक तवरबाटै हिन्दुराष्ट्र र राजसंस्थाको पुर्नस्थापना गर्ने बताएका छन्।

Saftey Pads

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौं सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अगाडी बढेको बताएका हुन्।

गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिती हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापित हुन नसकेको भन्दै परम्परागत संस्कृति मासेर आएका पार्टीहरु र धर्म, संस्कृति, परम्परा मान्ने दुई समूहबीच नै प्रतिष्पर्धा हुने भएकोले जनताको घरदैलोमा पार्टीको एजेण्डा पु¥याउन सके राप्रपा अग्रणी हुनेमा आफु विश्वस्त रहेको बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

अध्यक्ष थापाले यसको लागि पार्टीले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य प्रारम्भ गरिसकेको बताए।

Maruti Cement