जिप्रका चितवनमा ढुङ्गामुढा, ५ प्रहरी घाइते

Prabhu Bank

काठमाडौं। जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुङ्गामुढा भएको छ।

Saftey Pads

प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुङ्गामुढा प्रहार गर्दा ५ प्रहरी घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

चौकीभित्र ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको थियो। पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद गरेको थियो। शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement