पत्रकार लामिछानेको गिरफ्तारी शैलीप्रति महासङ्घको आपत्ति

Prabhu Bank

काठमाडौं। नेपाल पत्रकार महासङ्घले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको शैलीप्रति आपत्ति जनाएको छ।

Saftey Pads

शुक्रबार विज्ञप्ति जारी गर्दै महासङ्घले पत्रकारद्वयको गिरफ्तारीका क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरेको भन्दै पक्राउ शैलीप्रति आपत्ति जनाएको हो।

‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले साउन ३० गते बिहीबार आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेका थिए।’ महासङ्घका महासचिव रमेश विष्टदद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पत्रकार पुडासैनीको आत्महत्याको प्रकरणका सम्बन्धमा कानुनी रुपमा निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिन गर्न यसअघि नै महासङ्घले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ।

महासङ्घले भनेको छ, ‘बिना जानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुर्व्यवहार आफैँमा दुःखद र निन्दनीय काम हो। प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविपरीत भएको महासङ्घ ठान्दछ। महासङ्घ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममा हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ।’

अन्य सम्बन्धित समाचार:  नुवाकोटमा पत्रकार कुटने सचिव पक्राउ

विज्ञप्तिः

पत्रकार दुर्व्यवहार र पक्राउको शैलीप्रति महासंघको ध्यानकर्षण

मितिः २०७६/०४/३१

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार दुर्व्यवहार र पक्राउको शैलीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानकर्षण भएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले साउन ३० गते बिहीबार आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेका थिए ।

पत्रकार पुडासैनीको आत्महत्याको प्रकरणका सम्बन्धमा कानुनी रुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्न यसअघि नै महासंघले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम हो । प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविरीत भएकोे महासंघ ठान्दछ । महासंघ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

रमेश विष्ट
महासचिव

सम्बन्धीत समाचारः

–पत्रकार रवि लामिछाने पक्राउ

–पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो

–रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुद्धारा नाराबाजी

–पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

–जिप्रका चितवनमा ढुङ्गामुढा, ५ प्रहरी घाइते

 

 

Maruti Cement