पत्रकार पुडासैनीको न्यायका लागि प्रर्दशन, रविका समर्थक पनि चितवनमा

Prabhu Bank

चितवन । पत्रकार शालिकराम पुडासैनीको न्याय र दोषीलाई कारबाहीको माग गर्दै युवाहरुले प्रर्दशन गरेका छन्।

Saftey Pads

दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दै चितवनको भरतपुरमा नाराबाजीसहित युवाहरु सडकमा उत्रिएका हुन्।

यता पत्रकार पुडासैनीको मृत्यु प्रकरणपछि अनुसन्धानका लागि भन्दै थुनामा रहेका पत्रकार रवि लामिछानेलगायतलाई विनासर्त रिहाई गर्नु पर्ने भन्दै रविका समर्थकहरुले शुक्रबार देखी प्रदर्शनमा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका पत्रकार रविका समर्थक र प्रहरीबीच झडप नै भएको थियो। प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको थियो भने झडपमा परी पाँच प्रहरी घाइते भएका छन्।

झडपमा प्रहरीले केही राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ। कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको थियो।
आज (शनिबार) पनि रविका समर्थकहरु चितवन जाने क्रम जारी छ।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज

जिल्ला अदालत चितवनले शुक्रबार रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

Maruti Cement