वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

Prabhu Bank

काठमाडौँ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ।

Saftey Pads

थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन्।

उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन्।६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो। उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ।

नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले अधिकारीको आजै अन्त्यष्टि गरिने जानकारी दिईन्।

अन्य सम्बन्धित समाचार:  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक
Maruti Cement