जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु

Prabhu Bank

राजविराज । सप्तरीमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

Saftey Pads

बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ३५ वर्षीय अधिकारीको मृत्यु भएको हो।

घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ।

पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु
Maruti Cement