रविको रिहाइको माग गर्दै प्रहरी भ्यानमा तोडफोड, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

Prabhu Bank

काठमाडौं । पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले चितवन प्रहरीको भ्यानमा तोडफोड गरेका छन्।

Saftey Pads

शनिबार बिहानबाटै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गरेका हुन्।

प्रदर्शकारीलाई तितरवितर पार्न प्रहरीले दुई शेल अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी प्रहार गरेको छ। प्रहरी कार्यालयल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गर्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने काम गरिरहेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गरिएको थियो।

जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको छ।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी
Maruti Cement