पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्योः प्रचण्ड

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका छन्।

Saftey Pads

राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले पार्टी एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका हुन्।

नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने बताए।

अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना

अध्यक्ष दाहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको बताए।

Maruti Cement