रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद छः ज्ञवाली

Prabhu Bank

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार रवि लामिछानेलगायतले आत्महत्या गर्न बाध्य पारेको भनि लगाएको आरोपको भिडियो शंकास्पद रहेको बताएका छन्।

Saftey Pads

शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व बनाएको भिडियो आफुले पनि हेरेको भन्दै भिडियो आफैँमा विरोधाभाष रहेको बताएका हुन्।

उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ ।’

त्यसो भए त्यो भिडियो इडिट गर्नेलाई खोजी गरिदैन? भन्ने प्रश्नमा उनले कसैले बदमासी गरेको पाइए कारबाही गरिने बताए । उनले कानुनमाथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए।

अन्य सम्बन्धित समाचार:  महाकाली सिँचाइका प्रमुख विष्ट ११ लाख र युवतीसहित पक्राउ

‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो’, मन्त्री ज्ञवालीले भने, ‘कानुन भन्दामाथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न। दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ।’

Maruti Cement