नेकपा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

Saftey Pads

शनिबार बिहान नेपाल निवासमा दुई नेताबीच झण्डै आधा घन्टा छलफल भएको हो।

नेता नेपालले प्राप्त गरेको वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने झलनाथ खनालको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओली र दाहालले सकारात्मक रुपमा लिएको भनिएको भोलिपल्ट दाहाल नेपाल निवास पुगेका हुन्।

वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने प्रस्ताव औपचारिक रुपमा सचिवालयमा पेश गरेपछि खनाल खुशी छन् भने नेपाल त्यसमा सहमत हुने देखिएको छैन।

तर दुई अध्यक्ष ओली र दाहाल मिलेको खण्डमा त्यो वरियता खनाललाई दिन असहज भने छैन। दाहाल नेपाललाई त्यसमा मनाउने प्रयासमा त्यहाँ पुगेको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement