कश्मीर घाटीमा ल्यान्डलाइन फोन शुरु, जम्मूका पाँच जिल्लामा इन्टरनेट

Prabhu Bank

काठमाण्डौ । भारत प्रशासित कश्मीरमा शनिबारदेखि फोन सेवा आंशिक रुपमा शुरु गरिएको छ। त्यहाँ १२ दिनदेखि सञ्चार सम्पर्क विच्छेद गरिएको थियो।

Saftey Pads

जम्मूका पाँच जिल्लामा २ जी स्पीडको इन्टरनेट सेवा शुरु गरिएको छ भने कश्मीर घाटीमा आंशिक ल्यान्डलाइन फोन सेवा शुरु गरिएको छ।

त्यहाँ अझै पूर्ण रूपमा सेवा सुचारु गरिएको छैन। आइतबार साँझसम्म सबै टेलिफोन लाइनहरू सुचारु गरिने पनि बताइएको छ।

जम्मू क्षेत्रका जम्मू, रियासी, साँवा, कठुवा र उधमपुर जिल्लामा २ जी इन्टरनेट शुरु गरिएको छ।

मुस्लिम बहुल क्षेत्र राजौरी, पुंछ, किश्तवाड, डोडा र रामवन जिल्लामा अझै सेवा शुरु भएको छैन।

सोमबारदेखि स्कूलहरू पनि खुला गरिने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु
Maruti Cement