पत्रकार रवि लामिछानेको समर्थनमा माइतीघरमा पनि प्रदर्शन

Prabhu Bank

काठमाण्डौ । पत्रकार रवि लामिछानेका समर्थकहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

Saftey Pads

लामिछानेलाई अनुसन्धानका नाममा फसाउन खोजिएको भन्दै उनीहरुले निस्पक्ष अनुसन्धानको माग गरेका हुन्।

प्रदर्शनकारीले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको माग गरेका छन्।

उनीहरुले एसपी मल्लले आफुलाई प्राप्त भिडियोमाथि अनुसन्धान गर्नुको सट्टा मिडियालाई दिएर गलत गरेको भन्दै उनको बर्खास्तीको माग गरेका हुन्।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र आस्मिता कार्कीलाई पक्राउ गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ।

अन्य सम्बन्धित समाचार:  मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
Maruti Cement