प्रहरी जवान प्रेमिकाको कोठामा मृत भेटिए, प्रेमिका नियन्त्रणमा

Prabhu Bank

काठमाडौं । काठमाडौंको स्वयम्भूमा एक प्रहरी जवान मृत भेटिएका छन्। आइतबार राति महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान श्रकर ठगुन्ना आफ्नै प्रेमिकाको कोठामा मृत फेला परेका हुन्।

Saftey Pads

आइतबार राति करिब साढे १ बजे प्रहरी पुगेर हेर्दा शंकर खाटमा लडिरहेको अवस्था फेला परेका थिए। प्रहरीले कोठामा सँगै बसेकी एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले बताए।

दार्चुला घर भएका जवान ठगुन्ना केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। प्रेमिकासित विवाद भएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा दिएको डिएसपी सुवेदीले जानकारी दिए।

झ्यालमा पर्दा टाँग्ने डोरीमा सलको पासो बनाइ आत्महत्या गरेको देखिएको छ।प्रहरी नियन्त्रणमा रहेकी महिला विवाहित हुन्। तर उनका पतिले केही समय अगाडि छोडेर गएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

Maruti Cement