पेस्तोल र गोलीसहित विप्लव कार्यकर्ता पक्राउ

Prabhu Bank

काठमाडौं । दुई थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित विप्लवका एक जना कार्यक्रता पक्राउ परेका छन्।

Saftey Pads

महानगरीय प्रहरी बृत्त थानकोटले चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेकप्वाइन्टबाट ललितपुर कोन्ज्योसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी कुमारबिक्रम थापाका थापाका अनुसार धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली, उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल दुई थान, बाइनाकुलर एक थान, मोबाइल पाँच थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामा विप्लव कार्यक्रता रहेको खुलेको छ। लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

Maruti Cement