अर्को निर्वाचनपछि पद छोडिदिन्छु, धैर्य गर्नुहोस्ः प्रधानमन्त्री

Prabhu Bank

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहने बताएका छन्।

Saftey Pads

आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने संकेत गर्दै अर्को निर्वाचन पछि पद छोडिदिने बताएका हुन्।

“पद नजाने कोही छैन । राजतन्त्रदेखि जनप्रतिनिधिहरुको पनि पद जान्छ”, प्रधानमन्त्री ओलीले भने, “मेरो पनि पद जान्छ । धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि मलाई बस्नु छैन।”

उनले वर्तमान सरकार नकाँपेको बताएका छन्। उनले भने, “सरकार लगलग काप्यो भनेर प्रतिगामी शक्तिहरुले भनिरहेको सुन्छु। तर, सरकार काँपेको छैन।”

अहिलेको संविधान, लोकतन्त्र, संघीयता नचाहनेहरुले सरकार काँपेको हल्ला चलाएको प्रधानमन्त्रीले भने।
केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले सुम्मिएको जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताए।

अन्य सम्बन्धित समाचार:  दार्चुलाको होटलमा प्रहरी मृत भेटिए

प्रधानमन्त्री ओलीले भने, “सरकार भाग्छ भन्ने कुरा दिवा स्वप्न हो। यस्तो दिवा स्वप्न नदेखे हुन्छ ।”
यो सरकार ठूलो चुनौतीहरुको सामना गरेर आएकाले बेमौसमको बाजा नबजाउन आग्रह गरे । “यो बेमौसमको बाजा नबजाए हुन्थ्यो। सरकारले चाहँदा संविधानको रक्षा गर्न सडकमै उत्रन तयार छ”, प्रधानमन्त्रीले भने।

देशमा विकास निर्माणको कार्यले गति लिइरहँदा पनि केही भएन भन्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए । उनले भने, “भएन भनेर थप काम गर्न सजगता गराइदिनेहरुलाई धन्यवाद। तपाइँहरु भएन भन्दै गर्नुहोस्, हामी थप काम गर्दै जान्छौं।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभएर निगरानी बढाएको बताए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रशंग उल्लेख गरे। उनले भने, “मेलम्चीको ठेकेदार भाग्यो। तर, सरकार त भागेको छैन।”

अन्य सम्बन्धित समाचार:  ललितपुरमा महिलाको हत्या गर्ने रविकुमार ५ वर्षपछि मैतिदेवीबाट पक्राउ

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु लगभग बनिसकेको बताए। “दुनियाँमा यति छोटो अवधिमा यति धेरै काम कही बन्दैन”, प्रधानमन्त्री ओलीले भने।

Maruti Cement