पुडासैनी आत्महत्या प्रकरणः संसदमा प्रवेश, रवीको नाममा हुलहुज्जत किन?

Prabhu Bank

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले संसदमा प्रवेश पाएको छ।

Saftey Pads

सांसद महेश्वरजंग गहतराजले पत्रकार रवी लामिछाने पक्राउ परेको प्रसंग निकाल्दै दोषी जोकोही भए कारबाही हुनुपर्ने बताएका छन्।

‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घटनालाई लिएर रवी लामिछानेसहित पक्राउ परेपछि हुलहुज्जत गर्ने काम भइरहेको छ’, उनले भने, ‘अनुसन्धान गर्ने र दोषी प्रमाणित गर्ने काम प्रहरीको हो। यसविरुद्धको होहल्ला या हुलदंगा गलत काम हो।’

उनले रविलाई चोखो भन्दै गरिएको आन्दोलनबारे पनि सरकारको ध्यानाकर्षण गराए। ‘मेरो मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भनेर नाराबाजी गर्नु गलत हो’, उनले भने, ‘यसतर्फ गम्भीर ध्यान जाओस्। आफ्ना मान्छेलाई चोखो र अरुलाई अपराधी देख्नु यो ठीक भएन।’

अन्य सम्बन्धित समाचार:  भारतमा सोमबारदेखि विद्यालय खोल्न सरकारको अनुमति

अर्का सांसद यज्ञराज सुनुवारले पनि रवी लामिछानेको गिरफ्तारीपछि भइरहेको गतिविधिलाई रोक्न आग्रह गरे।

दोषीले कानूनी सजाय पाउनुपर्ने र अनुसन्धान प्रक्रियालाई खलल पु¥याउने गतिविधि रोक्न सांसद सुनुवारले सरकारको ध्यानाकर्षण गराए।

Maruti Cement