अर्को निर्वाचन कांग्रेसले जित्छः रिजाल

Prabhu Bank

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्को चुनावमा कांग्रेसले जित्ने दावी गरेका छन्।

Saftey Pads

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै डाक्टर रिजालले सरकार असफल भइरहेको र अर्को निर्वाचनमा कांग्रेसले सरकार बनाउने बताएका हुन्।

’चुनाव नभएसम्म यही सरकार रहन्छ भनेर प्रधानमन्त्री ज्यूले ठीक भन्नुभयो,’ रिजालले भने, ’यस्तै चलिरहने हो भने अर्को वर्ष कांग्रेसको सरकार नभए कसको हुन्छ ?’ रिजालले सरकारले जनतासँग गरेको कार्यसम्पादन करार पूरा नभएको आरोप लगाए।

’मन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौता त पूरा होला, नभए मन्त्री हटाइएलान्,’ उनले भने, ’तर गत चुनावमा जनतासमक्ष गरेको कार्यसम्पादन सम्झौता खै पूरा भएको ? यहाँ परीक्षामा असफल भइसक्नु भएको छ।’

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम

यसअघि प्रधानमन्त्री ओलीले आफू सधैं पदमा रहन नचाहेको अभिव्यक्ति दिएका थिए। अर्को निर्वाचनसम्म यही सरकार रहने र सरकार लगलग काँपेको दिवास्वप्नबाट बाहिर निस्किन प्रतिपक्षी दललाई सुझाव दिएका थिए।

Maruti Cement