सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

Prabhu Bank

काठमाडौँ । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ।

Saftey Pads

शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ७० हजार ७०० कायम भएको छ। शनिबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको महासङ्घले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  फेरि घट्यो सुनको भाउ

पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ। साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो।

चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ।

Maruti Cement