पुडासैनी मृत्यु प्रकरणः लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

Prabhu Bank

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेसहित ३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।

Saftey Pads

पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

सम्झना आफैँले पत्रकार लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए।

पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement