पार्टी प्यालेसमा गएर तीज मनाउन पाउनु पर्छः शाही

Prabhu Bank

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी समानुपातिक सांसद रंगमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाएको प्रतिबन्ध खारेज गर्नुपर्ने माग गरेकी छन्।

Saftey Pads

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले वर्षभरि कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नभएको जिकिर गरेकी हुन्।

महिलाले एकदिन तीज मनाउँदैमा यो देशको भष्टाचार नियन्त्रण हुने हो र भनेर सरकारलाई प्रश्न गरेकी छन्।

उनले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न सभामुखमार्फत सरकारलाई आग्रह गरेकी छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement