थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ।

Saftey Pads

स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन्।

भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए। उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए।

प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ। राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो।

उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी
Maruti Cement