महानिर्देशकको सम्मेलन सोमबारदेखि काठमाडौँमा

Prabhu Bank

काठमाडौँ । अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले आयोजना गर्ने नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुने भएको छ।

Saftey Pads

शुक्रबारसम्म चल्ने ५६औं सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हवाइ महानिर्देशकहरुको सहभागीता रहनेछ।

त्यस्तै युरोपेली संघका प्रमुख, अमेरिका, बेलायत र फ्रान्सका नियामक निकायका प्रतिनिधिको समेत सहभागिता रहनेछ। सम्मेलनमा ठूला विमान निर्माता कम्पनीहरु बोइङ, एयरबसले समेत सहभागिता जनाउने प्राधिकरणले जनाएको छ।

सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियु, आईकाओका विभिन्न विभागका निर्देशकहरु, एसिया प्रशान्त क्षेत्रीय निर्देशक अरुण मिश्रको पनि उपस्थिति हुनेछ।

सम्मेलनमा ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवद्र्धक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता रहने प्राधिकरणले जानकारी दिएको हो।

अन्य सम्बन्धित समाचार:  क्रिकेट संघको बोर्ड बैठक चितवनमा

यो सम्मेलन आईकाओले बर्सेनि आयोजना गर्दै आएको छ।

सम्मेलनमा हवाइ सुरक्षा, सुरक्षा, क्षमता, एयर नेभिगेसन, आर्थिक विकास र हवाइ यातायात सेवा, उड्डयन वातावरण, प्राविधिक तथा क्षेत्रीय सहयोग र नागरिक उड्डयनसँग सम्बन्धित अन्य समसामयिक विषयवस्तुमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुनेछन्।

नेपालमा यो सम्मेलन यसअघि सन् १९७८ र १९९८ मा पनि आयोजना भएको थियो।

Maruti Cement