‘च च हुई’ को पोस्टर सार्वजनिक

काठमाण्डौ । आर्यन सिग्देलको आउँदो फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ। सिनेमाले आफ्ना दुई पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा उनको साथमा (स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड भएका छन्। सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन्। अर्को पोस्टरमा माओत्से गुरुङ सहित यही चियाई रहेको देख्न सकिन्छ।

सिनेमा मंसिर ६ गते रिलिज हुनेछ। सिनेमालाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्। फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ। यस्तै निर्देशक भुटियाले ’च च हुई’लाई व्यवसायिक सिनेमा भएको बताए।

अन्य सम्बन्धित समाचार:  चिनियाँ सोसल मिडिया फर्मद्वारा भारतमा टिकटककाे काराेबार बन्द