बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो

Prabhu Bank

काठमाण्डौ । बोक्सीको आरोप लगाउँदै महोत्तरीमा एक महिलालाई मलमूत्र खुवाईएको छ।

Saftey Pads

भङ्गाहा नगरपालिका–४ विर्ता बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका हुन्।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो।

घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगिएको छ भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

अन्य सम्बन्धित समाचार:  मकवानपुर: इनारमा पसेका दुई जनाको शव फेला, एक जनाको उपचार हुँदै
Maruti Cement