प्रहरी प्रमुखलाई गाली गरेको आरोपमा एक जना पक्राउ

Prabhu Bank

काठमाडौं । पत्रकार रवी लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Saftey Pads

अछामको मंगलसेनबाट रिदम विसी भनिने शंकर विकलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए। अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे।

अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन्। उनले ‘रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्ट……. भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन्।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

अन्य सम्बन्धित समाचार:  Don’t Quit
Maruti Cement