नेकपाको तेस्रो वरियतामा खनाल

Prabhu Bank

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले तेस्रो वरियातामा नेता झलनाथ खनाललाई राखेको छ।

Saftey Pads

उक्त निर्णयसँगै हालका तेस्रो वरियताका नेता माधव कुमार नेपाल चौँथो वरियतामा पुगेका छन्। आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो वरियातामा पुर्याउने निर्णय गरेको हो।

यो निर्णयसँगै वरियतामा घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन्। गत ३ जेष्ठ २०७५ को तत्कालीन दुई पार्टी(एमाले र माओवादी)बीच पार्टी एकीकरण घोषणा गर्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा नेता नेपाललाई तेस्रो वरियातामा ल्याइएको थियो।

त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए। चीन भ्रमणबाट फर्कैलगत्तै नेता खनालले उक्त निर्णय प्रति चर्को असन्तुष्टि जनाएका थिए। साथै उनले उक्त निर्णय गलत भएको भन्दै त्यसलाई पुर्नविचार गर्न त्यतिबेला सचिवालय बैठकमा माग समेत गरेका थिए।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो

त्यतिबेलाको उनको मागबारे अध्यक्षद्वयलगायत अन्य नेताहरु मौन बसे। तर, पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेता खनालको माग पुरा भएको छ।

तर, आजको बैठकले नेता खनालको माग पुरा गरेसँगै नेता नेपाल पक्ष भने असन्तुष्ट बनेको छ।

Maruti Cement