भारी वर्षाबीच छाता ओढेर सरकारविरुद्ध प्रदर्शन

Prabhu Bank

काठमाडौं।आइतबार हङकङमा भारी वर्षाबीच दशौं हजारले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

Saftey Pads

साउथ चाइना मर्निङ पोष्टका अनुसार आइतबार मध्यान्न भिक्टोरिया पार्क हुँदै हजारौं प्रदर्शनकारीले सरकार विरोधी नाराबाजी गरेका हुन्।

झरी पर्दासमेत प्रदर्शनकारीहरुले प्रदर्शन नरोकेको जनाइएको छ। उनीहरुले छाता ओढेरै प्रदर्शनमा भाग लिएका थिए। हङकङमा त्यहाँको सरकारले प्रस्ताव गरेको सुपुर्दगी विधेयकलाई लिएर वृहत प्रदर्शन भइरहेको हो।

केही समययता जारी प्रदर्शनले हिंस्रक रुप लिँदै गएको छ। लाखौं प्रदर्शनकारीले यस विधेयकको विरोध गरिरहेका छन्। विरोधका कारण उक्त विधेयक छलफलमा जान सकेको छैन्।

हङकङको सुपुर्दगी विधेयक अनुसार हङकङ सरकारले अपराधमा आरोपित व्यक्तिहरुलाई चीनमा अनुसन्धानका लागि पठाउनसक्ने प्रावधान भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी
Maruti Cement