रविको हिरासत बसाइ लम्बिने, के हुँदैछ पोष्ट मार्टम?

Prabhu Bank

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका चर्चित पत्रकार रवि लामिछानेको हिरासत बसाइ लम्बिने भएको छ।

Saftey Pads

काठमाडौंबाट अझैसम्म पोष्टमार्टम रिपोर्ट चितवन पुगेको छैन। पोष्टमार्टम रिपोर्ट भोलिसम्म चितवन पुग्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन्।

पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा मृत्युको कारण झुण्डिएर भएको उल्लेख गरेको छ। पूर्ण रिपोर्ट भोलिसम्म चितवन पुग्ने भएको छ। पोष्टमार्टम रिपोर्ट नआएसम्म अनुसन्धान प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले प्रहरीले मंगलबार अदालतमा पेश गरेर रवि लामिछानेसहित तीनै जनाको म्याद थप्ने तयारी गरेको छ।

पीडित परिवारको किटानी जाहेरीः

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले दिएको किटानी जाहेरी पनि आइतबार बेलुकी चितवन पुगेको छ।

अन्य सम्बन्धित समाचार:  बाजुरामा भालुको आक्रमणबाट एक घाइते

पुडासैनीको परिवारले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको थियो ।

श्रीमतीको उजुरीः

पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी प्रहरीले जनाएको छ। १३ दिनको संस्कार सकिएपछि किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेका जाहेरीमा उल्लेख गरिएको छ।

उनले मुलुकी अपराध संहिताको आत्महत्या दुरुत्साहन अन्तर्गत कारबाही गर्न माग गरेकी छन् ।

लामिछाने, कँडेल र कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको पत्रकार पुडासैनीको मोबाइलमा फेला परेको भिडियोमा उल्लेख छ।

सम्बन्धीत समाचारहरुः

:पत्रकार रवि लामिछाने पक्राउ

:पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो

:पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

:पत्रकार लामिछानेको गिरफ्तारी शैलीप्रति महासङ्घको आपत्ति

:पत्रकार पुडासैनीको न्यायका लागि प्रर्दशन, रविका समर्थक पनि चितवनमा

:रविको रिहाइको माग गर्दै प्रहरी भ्यानमा तोडफोड, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

:रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुद्धारा नाराबाजी

:पत्रकार रवि लामिछानेको समर्थनमा माइतीघरमा पनि प्रदर्शन

:पुडासैनी मृत्यु प्रकरणः लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

:रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद छः ज्ञवाली

Maruti Cement