चितवनको चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा

Prabhu Bank

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको छ।

Saftey Pads

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउको विरोधमा निरन्तर प्रदर्शन भएपछि एक किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीनजनालाई आज पनि अदालत उपस्थित गराउने तयारी छ।

निषेधित क्षेत्रमा प्रदर्शन तथा मानिसको हुलहुज्जत गर्न निषेध गरिएको प्रहरीले जनाएको छ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकोले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप
Maruti Cement