अरुण खोलाको डाइभर्सन बाढीले बगायो, पूर्व पश्चिम राजमार्ग ठप्प

Prabhu Bank

काठमाण्डौ । पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १५ घण्टादेखि ठप्प रहेको छ।

Saftey Pads

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध भएको हो।

सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ।

राजमार्ग खोल्ने प्रयास भइरहेको र करिब १ घण्टापछि खुल्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
केहीदिनअघि पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement