‘लक्का जवान’को मुहुर्त, काभ्रेबाट छायांकन सुरु हुने

Prabhu Bank

काठमाण्डौ । शिवहरि पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लक्का जवान’को शुभ साइत सोमबार गरिएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो।

Saftey Pads

किरण केसी, दिलिप रायमाझी, सुरेन्द्र केसीको निर्माणमा बन्न लागेको यो चलचित्रलाई सामाजिक कथावस्तुमा कमेडी शैलीमा तयार गर्ने बताइएको छ।

लामो समय टेलिसिरियल निर्माणमा होमिएका शिवहरिले यही चलचित्रबाट डेब्यू गर्न लागेका हुन्। चलचित्रमा किरण केसी, दिलिप रायमाझी, राजाराम पौडेल, वर्षा सिवाकोटी, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ।
चलचित्रको छायांकन भदौको ४ गतेबाट काभ्रेमा सुरु हुने बताइएको छ।

छायांकनका लागि चलचित्रको टिम भोली काभ्रे जानेछ। चलचित्रलाई चैत्रको ७ गतेबाट रिलिज गर्ने पक्का गरिएको छ।

अन्य सम्बन्धित समाचार:  विवादपछि पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द
Maruti Cement