पूर्वयुवराज पारसले गरे प्रहरीमाथि दुर्व्यवहार

Prabhu Bank

काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्युटीमा खटिएका एक प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ।

Saftey Pads

पारसले विमानस्थलका उनकै सुरक्षार्थ उभिएका प्रहरी नायब निरीक्षक(सई)लाई कठालो समाएर घोर्याएको भिडियो सामाजिक सञ्जालमा देखिएको हो।

उनको दुव्र्यवहारपछि ती प्रहरी निरीह देखिन्छ। पारस शाह सानका साथ अघि बढ्छन्।

यस भिडियोलाई लिएर धेरैले राजतन्त्र अन्त्य भइसकेका बेलामा पनि पारसको पूरानै दम्भ देखिएकाले कारवाही गर्नुपर्ने आवाज उठाई रहेकाछन्।

अरोमा युथ नामको युट्युब च्यानलले अपलोड गरेको भिडियो मा पारसले पर पुगेपछि पनि फर्की फर्की प्रहरीलाई चेतावनी दिएको देखिन्छ।

यसबारे प्रहरी अधिकारीहरुसँग बुझ्न खोज्दा कतिपयले थाहा नभएको बताए।  विमानस्थल सुरक्षा प्रमुख सूर्यप्रसाद उपाध्यायले भने यो सामान्य घटना भएको जानकारी दिए। उपाध्यायले यसलाई ठूलो मुद्दा बनाउन आवश्यक नभएको बताए।

अन्य सम्बन्धित समाचार:  खाली सिलिण्डरको मूल्य तोकियो
Maruti Cement